कोशी प्रदेश : एकीकृत समाजवादीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने
विराटनगर । एमालेका ३९ र काङ्ग्रेसको ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीलाई गठबन्धनको साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले पनि विश्वासको मत दिने भएको छ ।
समाजवादीका केन्द्रीय सचिव तथा कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताए । तर, उक्त पार्टीले यस विषयमा भने ओैपचारिक निर्णय गरेको छैन ।
'गठबन्धनको सहमति अनुसार हाम्रो पार्टीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्छौँ,' उनले भने, 'केन्द्रीय नेतृत्वबाट भने अहिलेसम्म कुनै निर्देशन आएको छैन । हामी आधिकारिक निर्देशनको पर्खाइमा छौँ ।'
गठबन्धनमा आबद्ध माओवादी केन्द्रले पनि कार्कीलाई विश्वासको मत दिने जनाएको छ । गठबन्धनको निर्णय विपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । उनले बुधबार विश्वासको मत लिन लागेका छन् । प्रदेशसभा सचिवालयले बुधबारका लागि प्रदेशसभा बैठक बोलाएको छ ।
गठबन्धन दल काँग्रेसले भने कार्कीलाई विश्वासको मत दिलाउन अन्य दलहरूसँग छलफल गरिरहेको छ । जसपा र राप्रपाले भने विश्वासको मतबारे कुनै निर्णय वा धारणा सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र काँग्रेस नेता डा। शेखर कोइरालाबिच गठबन्धनलाई बलियो बनाएर लाने सहमति भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण