विदेशी मुद्राको सञ्चिति झन्डै १६ खर्ब हाराहारी, १०.३ महिनाको आयात धान्न पुग्ने
मङ्गलबार, ३० असोज २०८०, १४ : ०२
काठमाडौँ । पछिल्लो समय मुलुकको विदेशी मुद्राको सञ्चिति बढेर झन्डै बजेटको हाराहारी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा यस्तो सञ्चिति बढेर १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको हो ।
२०८० असार मसान्तसम्ममा कूल १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको सञ्चिति समीक्षा अवधिमा ३.९ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तो सञ्चिति अमेरिकी डलरमा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८०÷८१ को दुई महिनाको आयातलाई आधार मान्दा सो सञ्चितिले १२.३ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण