इमेज र सूर्य सूर्यदर्शन सहकारी पोखरा महानगरको समस्याग्रस्त सूचीमा
पोखरा । पोखरा महानगरपालिकाले इमेज र सूर्यदर्शन सहकारीलाई समस्याग्रस्त सहकारीका रुपमा सूचीकृत गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरेर आवश्यक कारबाहीका लागि प्रदेशमा सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रवक्ता मोती तिमिल्सिनाका अनुसार दुवै सहकारीको विवरण प्रदेशमा पठाउने निर्णय भएको छ । ‘हामीले प्रदेशलाई पटाउँछौँ । प्रदेशले संघलाई पठाउँछ । त्यसपछि आवश्यक निरीक्षण र कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड ठगी भएको उजुरी परेको छ । सहकारीविरुद्ध १ हजार ३६ जनाले उजुरी दिएका छन् । १ अर्ब ११ करोड बिगो माग दाबीसहित प्रहरीले मुद्दा दर्ता गरेको छ । १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । पोखरा महानगरपालिकाले साउनमै सहकारीका सबै फाइल प्रहरीलाई उपलब्ध गराएको थियो ।
यस्तै, इमेज सहकारीविरुद्ध पनि करिब २ अर्ब ठगीको आरोप छ । उक्त सहकारीविरुद्ध बागलुङ र पोखरामा करिव १६ सय उजुरी दर्ता भएको छ । अदालतले ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । दुवै सहकारीका सञ्चालक फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण