प्रहरीलाई मुख्यमन्त्री यादवले भने–नागरिकको भरोसा टुट्न नदिनुस्
मङ्गलबार, ३० असोज २०८०, २२ : १२
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नागरिकको भरोसा टुट्न नदिन प्रहरीलाई आग्रह गरेका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा मंगलबार आयोजित ६८औँ प्रहरी दिवसको अवसरमा मुख्यमन्त्री यादवले नागरिकको पहिलो भरोसा प्रहरी भएको भन्दै सो टुट्न नदिन आग्रह गरेका हुन् । न्याय र निष्पक्षता नै प्रहरीको मूल मंत्र हुनुपर्ने उनले बताए । देश बनाउने जिम्मा राजनीतिज्ञहरुको मात्र नभएर प्रहरीको पनि रहेको उनले बताए ।
यस्तै प्रदेशका गृह, संचार तथा कानुन मन्त्री मोहमद समीमले राम्रो काम गर्दा आक्षेप लागेपनि कानुनसम्मत काममा खुट्टा नकमाउन प्रहरीलाई निर्देशन दिए ।
यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले नेपाल प्रहरीको गौरवशाली इतिहासको स्मरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण