प्रहरीलाई मुख्यमन्त्री यादवले भने–नागरिकको भरोसा टुट्न नदिनुस्
मङ्गलबार, ३० असोज २०८०, २२ : १२

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नागरिकको भरोसा टुट्न नदिन प्रहरीलाई आग्रह गरेका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा मंगलबार आयोजित ६८औँ प्रहरी दिवसको अवसरमा मुख्यमन्त्री यादवले नागरिकको पहिलो भरोसा प्रहरी भएको भन्दै सो टुट्न नदिन आग्रह गरेका हुन् । न्याय र निष्पक्षता नै प्रहरीको मूल मंत्र हुनुपर्ने उनले बताए । देश बनाउने जिम्मा राजनीतिज्ञहरुको मात्र नभएर प्रहरीको पनि रहेको उनले बताए ।
यस्तै प्रदेशका गृह, संचार तथा कानुन मन्त्री मोहमद समीमले राम्रो काम गर्दा आक्षेप लागेपनि कानुनसम्मत काममा खुट्टा नकमाउन प्रहरीलाई निर्देशन दिए ।
यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले नेपाल प्रहरीको गौरवशाली इतिहासको स्मरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
-
मस्कको स्टारसिप-३६ रकेट विस्फोट
-
मन्त्री सिंह नेतृत्वको टोलीद्वारा बागमती करिडोरको अनुगमन
-
संसदभित्रै सांसद थापाले च्याते बजेट किताब
-
सचिवको धम्कीबाट नडराउन सरकारलाई पाण्डेको सुझाव
-
राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गर्यो