यस्तो छ मुकुन र लक्ष्मी स्टारर फिल्म ‘बिच्छेद’को टिजर
काठमाडौँ । मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर फिल्म ‘बिच्छेद’को टिजर र पोस्टर सार्वजनिक भएको छ । अगामी मंसिर ८ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको टिजर एक दम्पतीको सम्बन्ध र बाध्यताका देखाउन खोजिएको छ ।
मुकुन र लक्ष्मीले यसअघि जोडीको रुपमा ‘बुलबुल’मा एकसाथ देखिएका थिए । फिल्मका निर्देशक सत्यराज चौलागाईं हुन् । फिल्म नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकमा समेत एकसाथ प्रदर्शनको तयारीमा छ । फिल्मका निर्माता राजकुमार पण्डित, दिमेश श्रेष्ठ सुवास राई र सावित्री बज्राचार्य हुन् ।
फिल्मको कथा अभिनेता मुकुन भुसालको रहेको छ भने पट्कथा निर्देशक चौलागाईँले नै लेखेका हुन् । रामेछापमा छायांकन भएको गरिएको फिल्ममा मुकुन र लक्ष्मीका सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा लगायतका कलाकारको अभिनय छ ।
सङ्कल्प भुजेलको छायाङ्कन, भूपेन्द्र अधिकारी रहेको फिल्ममा कोरियोग्राफी सुरेन बसेलको छ । फिल्म काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण