कुन हो कम बजेटमा* बढी कमाउने फिल्म ?
काठमाडौँ । कम बजेटमा विश्वमै सबैभन्दा बढी कमाउने फिल्म कुन होला ? तपाईँलाई थाहा छ ? सन् २००७ मा फिल्म निर्माता ओरेन पेलीले कम बजेटको हरर फिल्म ‘प्यारानर्मल एक्टिभिटी’ बनाए । फिल्मको निर्देशन पनि पेलीले नै गरेका थिए । फिल्मको क्रु र चार जना कलाकारको बजेट जम्मा १५ हजार डलर थियो । प्यारामाउन्ट फिक्चर्सले फिल्म किनेपछि अन्त्य फेरेर पोष्ट प्रडक्शनमा केही थपघट गरिदियो । जसले गर्दा फिल्मको कुल बजेट २ लाख १५ हजार डलर पुग्यो । तर यो फिल्मले विश्वभर १९ करोड ४२ लाख डलर कमायो । यो फिल्मको मुनाफा लागतको १३ लाख ३० हजार प्रतिशत थियो ।
प्यारानर्मल एक्टिभिटी अहिलेसम्म पनि विश्वको सबैभन्दा बढी नाफा कमाउने फिल्म हो । प्यारानर्मल एक्टिभिटी फ्रेन्चाइजीका ७ फिल्मले कूल ८९ करोड डलर कमाएका छन् । यी फिल्मको बजेट जम्मा २ करोड ८० लाख डलर थियो । तर कुनै पनि फ्रेन्चाइजीको सफलता दर पहिलोको जत्ति छैन । यो फिल्मले पाउन्ड फुटेज जेनरालाई निकै लोकप्रिय बनाएको छ । यसलाई हरर जनरामा कयौँ स्वतन्त्र निर्माताहरुले प्रयोग गरेका छन् ।
प्यारानर्मल एक्टिभिटी अघि चाहिँ सबैभन्दा धेरै कमाउने फिल्म द ब्लेयर विच प्रोजेक्ट थियो । २ लाख डलरमा बनेको यो फिल्मले विश्वभरमा २४ करोड ३० लाख डलर कमाएको थियो ।
*सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण