एनभिडियासँग मिलेर एआई कारखाना बनाउँदै फक्सकोन
काठमाडौँ । ताइवानी चिपनिर्माता कम्पनी फक्सकोनले अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको प्रविधि प्रयोग गरेर कृत्रिम बौद्धिकता (एआई) डेटा कारखाना खोल्दै छ । विद्युतीय कार उत्पादनको क्षेत्रमा विश्वकै मुख्य खेलाडी बन्ने प्रयासमा कम्पनीले यो योजना अगाडि सारेको हो । बुधवार ताइपेईमा फक्सकोनका चेयरम्यान योङ लिउ र एनभिडियाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) जेनसेन हुआङले संयुक्त रूपमा यसको घोषणा गरेका हुन् ।
यो कारखानामा एनभिडियाको चिप र सफ्टवेयर प्रयोग गरेर फक्सकोनले विद्युतीय कारमा एआईको प्रयोगलाई अर्को तहमा लैजान सक्ने बताइएको छ । आफूहरू नयाँ कम्प्युटिङ क्रान्तिको संघारमा रहेको अनि यो सफ्टवेयर बनाउने ‘ब्रान्ड न्यू’ तरिका भएको हुआङले बताएका छन् । परिष्कृत चिपबाट चलाइएका ठुला कम्प्युटिङ सिष्टमले आगामी पुस्ताको विद्युतीय सवारी साधनका लागि सफ्टवेयर प्लेटफर्म विकास गर्न सक्ने उनीहरूको भनाई छ । पछिल्लो समय फक्सकोन म्यानुफ्याक्चरिङ सेवा दिने कम्पनीबाट प्लेटफर्म सोलुसन कम्पनी बन्ने सुरमा छ ।
गएको तीन वर्षमा फक्सकोनले हाई–एन्ड सेडान, प्यासेञ्जर क्रसओभर, कम्प्याक्ट पिक–अप, व्यवसायिक बस र भ्यानसेमतका अनेकौं सवारी साधन ल्याएको छ । फक्सकोन अमेरिकी प्रविधि कम्पनी एप्पलका लागि आइफोन एसेम्बल गरिदिने कम्पनी हो । अहिले यसले ईभीका लागि पनि त्यस्तै खालको बिजनेस मोडल कल्पना गरेको छ । कम्पनीले आफ्नै ब्रान्ड नेममा ईभी बेच्ने होइन । एप्पलका लागि आइफोन बनाइदिएजस्तै गरी ताइवान र विश्वभरका ग्राहकका लागि यसले ईभी पनि बनाइदिनेछ । स्मार्टफोन बजार स्याचुरेशनको अवस्थामा पुगिसकेको छ । यो बजारमा वृद्धिको अवसर खुम्चिँदै गइरहेको छ । ईभी बजारमा फक्सकोनको प्रवेशलाई विश्लेषकहरूले उचित ‘डाइभर्सिफिकेशन’ बताएका छन् । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण