डिजिटल युरो लन्चको तयारी युरोपेली बैङ्क
फ्र्याङ्कफर्ट । युरोपेली केन्द्रीय बैङ्क (ईसीबी) डिजिटल युरो लञ्च गर्ने लक्ष्यको एक खुड्किलो नजिक पुगेको छ । बुधबार बैंकले युरोको डिजिटल संस्करण निकाल्ने दुई वर्षे तयारी चरण सुरु गर्ने घोषणा गरेको छ । यो तयारी नोभेम्बर १ देखि सुरु हुनेछ । यसमा डिजिटल युरोसम्बन्धी नियमहरूलाई अन्तिम रूप दिइनेछ भने परीक्षण र प्रयोगका लागि निजी क्षेत्रका साझेदारहरू चयन गरिनेछ ।
दुई वर्षपछि गभर्निङ काउन्सिलले अर्को चरणको तयारीका लागि के गर्ने भनेर निर्णय गर्ने ईसीबीले बताएको छ । बुधबारको निर्णय बहुवर्षिय परियोजनामा सानो कदम मात्रै हो । तर यो कदमले ईसीबीलाई सात औद्योगिक देशका केन्द्रीय बैंकभन्दा अगाडि चाँहि राखेको छ । हाल केही क्यारबियन देशहरू र नाइजेरियाले मात्रै आफ्नो डिजिटल करेन्सी प्रयोगमा ल्याएका छन् ।
चीन र स्विडेनले भने यसका परीक्षण परियोजना चलाइरहेका छन् । अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भ, बैङ्क अफ इङ्गल्यान्ड र बैङ्क अफ क्यानडा चाँहि यस्तो खालको परियोजनाप्रति अलि बढी नै सशङ्कित देखिएका छन् । अहिलेसम्म ईसीबीले डिजिटल युरोको एडेड भ्यालुबारे स्पष्ट रूपमा केही पनि बोल्न सकेको चाँहि छैन । तर यसले भुक्तानी बजारमा अमेरिकी कार्ड कम्पनीहरूको आधिपत्यलाई टक्कर दिनेमा भने बैङ्क ढुक्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण