राष्ट्रपतिले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दसैँको टिका लगाइदिने, यस्तो छ समय तालिका
बिहीबार, ०२ कात्तिक २०८०, १५ : ०९
काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासले विजयदशमीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले लगाइदिने टिकाको समयतालिका सार्वजनिक गरेको छ । बिहीबार एक प्रेस नोट जारी गरी राष्ट्रपति कार्यालयले कात्तिक ७ गते अपरान्ह २ बजेदेखि ५ बजेसम्म टिका प्रदान गर्ने समय तालिका सार्वजनिक गरेको हो ।
विज्ञप्तिमा विशिष्ट व्यक्तिहरुका लागि बिहान २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि ३ बजेदेखि ५ बजेसम्म राष्ट्रपति पौडेलले टिका प्रसाद प्रदान गर्ने जनाइएको छ ।
टिका ग्रहण गर्न जाने व्यक्तिले मर्यादित पोशाक लगाउन र राष्ट्रपतिका कार्यालयको १ नम्बर प्रवेशद्वार प्रयोग गर्न समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण