यस्तो छ ‘पशुपति प्रसाद २ : भष्मे डन’को नयाँ गीत ‘मेरो शिव’
काठमाडौंँ । कात्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को तेस्रो गीत ‘मेरो शिव’ गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले यो गीत ल्याएको हो । गीतमा फिल्मका कलाकाराई भावुक मुद्रामा देख्न सकिन्छ ।
किरण भुषालको संगीत र कृष्ण उदासीको शब्द र शान्तिम कोइराला र ¥यापर युनिक प्वइन्टको स्वर सुन्न सकिन्छ । दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’ को कथामा बनेको हो ।
फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहालको अभिनय छ । अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा शिवाकोटीको फिल्ममा विशेष भूमिका छ ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म खगेन्द्र लामिछानेले लेखेका हुन् भने निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत छ ।
व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’ को चरित्र ‘भष्मे डन’ मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । फिल्मलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण