कात्तिक ११ गते कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान
काठमाडौँ । नेपाली कांग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
विसं २०३३ मा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ । यही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रम आयोजना गर्न लाग्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
चियापान कार्यक्रमलाई बिपीको निधनपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले निरन्तरता दिँदै आएका थिए । सुशील कोइरालाको निधनपछि देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।
पार्टीले यस वर्ष पनि विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वको अवसरमा कात्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमाको दिन अपरान्ह १ः००—५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन बिपी नगर, ललितपुरमा चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकार मन्त्रिपरिषद्का सदस्यहरु, संवैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको सङ्घ–संस्थाका प्रमुखहरु लगायतका बिशिष्ट महानुभावहरु, कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिता हुने पनि पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण