शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक

शनिबार, २० असार २०८३, २० : ५३
शनिबार, २० असार २०८३

काठमाडौँ। नेपालकी विनु जिटीले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दोहोरो पदक जितेकी छन्। भुटानको थिम्पुमा भएको प्रतियोगिताको अन्तिम दिन शनिबार विनुले महिला स्विमसुटमा स्वर्ण र मोडल फिजिकमा रजत जितेकी हुन्।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीका अनुसार प्रतियोगिताको अन्तिम दिन नेपालले थप १–१ स्वर्ण र रजत पनि जितेको छ। पुरुष ८० केजी तौल समूहमा सगेन्द्र सिंहले स्वर्ण जिते भने महिला टिम च्याम्पियनसिपमा नेपालले रजत प्राप्त गर्‍यो। यस्तै पुरुष ७५ केजीमा दीपजंग रोका मगर पाँचौं स्थानमा रहे।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै नेपालले जम्मा ३ स्वर्ण, ३ रजत र १ कांस्य पदक जित्न सफल भएको छ। यसअघि पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले स्वर्ण, महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत र पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कांस्य हात पारेका थिए।

दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करणदेखि नै निरन्तर सहभागी हुँदै आएको नेपालको कुल पदक संख्या १५ स्वर्ण, १९ रजत र २० कांस्य पुगेको छ। प्रतियोगितामा ऐतिहासिक सफलता हात पारेको नेपाली टोली आइतबार स्वदेश फर्कँदै छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप