शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरमा एकै दिन १४ वडाका ६० पसलमा अनुगमन

शुक्रबार, ०३ कात्तिक २०८०, १५ : ३५
शुक्रबार, ०३ कात्तिक २०८०

पोखरा । पोखरा महानगरपालिकाले शुक्रबार महानगरभित्र सञ्चालित मासु र खाद्यान्न पसलमा अनुगमन गरेको छ । नेपालीहरूको ठुलो चाड दसैँमा महानगर धेरै मासु खपत हुने र त्यसले नागरीको स्वास्थ्यमा असर गर्ने भएकाले मासु पसलमा धेरै समूह बनाएर अनुगमन गरेको हो ।

पोखरा महानगरपालिका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पाँच वटा समूह बनाएर महानगरका १४ वटा वडाका  मासु र खाद्यान्न गरी ६० पसल अनुगमन गरेको छ । दुई मासु पसल र एक खाद्यान्न पसललाई १५ हजार जरिवाना समेत गरेको  छ । 

पोखराका वडा नम्बर १,२,४,५,६,७,१०,११,१२,१३,२४,१५,३० र ३१ नम्बर वडामा सञ्चालनमा रहेका मासु र खाद्यान्नका ६० वटा  पसलमा अनुगमन गरेको हो । अनुगमनमा सम्बन्धी वडाका वडाध्यक्ष, वडा सदस्यहरू सहित महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, महानगर सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुगमन समितिका सदस्यसचिव भरतराज पौडेल, पशु सेवा शाखाका प्रमुख नवराज अधिकारी, पशु स्वास्थ्य अधिकृत झलककृष्ण भण्डारी, पशु स्वास्थ्य अधिकृत एकनारायण ढकाल, पशु सेवा अधिकृत राजेन्द्र लामिछानेको नेतृत्वमा खटिएको टोलीले १४ वटा वडामा अनुगमन गरेको हो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुकुन्दराज पौडेल, गुणस्तर तथा नापतौल कार्यालय पोखराका रघुनाथ पौडेल, महानगर पशु सेवा शाखाका पुष्पराज अधिकारीको सहभागितामा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा दर्ता नभएका र मापदण्ड पुरा नगरेका पसललाई पोखरा महानगरपालिका, नापतौल तथा गुणस्तर कार्यालय र सम्बन्धित वडा कार्यालयमा कात्तिक १२ र  १३ गते भित्र उपस्थित हुन लिखित निर्देशन दिइएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप