हलिउडमा हडताल अन्त्य गर्न १५ करोड डलरको अफर
लस एञ्जलिस । ओेस्कार विजेता अभिनेता जर्ज क्लुनी र हलिउडका अन्य शीर्ष स्टारलाई अहिले जारी हडताल अन्त्य गर्न १५ करोड डलर अफर गरिएको छ । हडताल सयौँ दिनमा पुग्नै लाग्दा सो अफर आएको हो । यसको पुष्टि क्लुनीका प्रवक्ताले बिहीबार गरेका थिए ।
अफरअनुसार तीन वर्षको अवधिमा स्क्रिन एक्टर्स गिल्ड–अमेरिकन फेडरेशन अफ टेलिभिजन एन्ड रेडियो आर्टिष्ट (साग–आफ्ट्रा)लाई १५ करोड डलर उपलब्ध गराइनेछ । यसबाहेक स्वास्थ्य अवस्था सुधार्न पनि सहयोग गरिने बताइएको छ । थोरै कमाई भएका कलाकारहरूले अफर गरिएको रकमबाट उनीहरूको हिस्सा लिएपछि शीर्ष स्टारहरूले थोरै रकम लिने क्लुनीले बताएका छन् ।
अहिलेको हडताल अन्त्य गर्ने समाधानमा धेरै कमाउने कलाकारहरू समेत सहभागी हुन चाहेको उनको भनाइ छ । जुलाईयता साग–आफ्ट्राका सदस्यहरू हडतालमा उत्रिएका छन् । संगठन र मोसन पिक्चर एन्ड टेलिभिजन प्रोडुसर्सबिच हडताल समाप्त गर्ने विषयमा भइरहेको वार्ता गएको हप्ता भङ्ग भएको थियो । यसले तत्कालै यो समस्यामा कुनै समाधान निस्कने आशामा तुषारापात भएको थियो ।
हडताल शनिबार अर्थात् भोलि सय दिन पुग्दैछ । हडतालका कारण हलिउडमा फिल्म र टिभी प्रोडक्शन अवरुद्ध बनेको छ भने हजारौँ क्रु मेम्बर र कलाकार कामविहीन बनेका छन् । हलिउडका फिल्म र टिभी लेखकहरूले भने १४८ दिनदेखिको हडताल अन्त्य गर्दै यो महिनाको सुरुमा तीन वर्षको करार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण