शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नायक धिरेन शाक्य र अमिकाले ल्याए  ‘यो मिठो माया’

आइतबार, ०५ कात्तिक २०८०, ०६ : १७
आइतबार, ०५ कात्तिक २०८०

लन्डन । नायक धिरेन शाक्य र अमिका क्षेत्री अभिनित म्यूजिक भिडियो ‘यो मिठो माया ‘ सार्वजनिक भएको छ । नायक शाक्यले सैयौंको संख्यामा नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

‘मन मनै त हो’ बोलको म्यूजिक भिडियोबाट डेब्यु गरेकी अमिकाले पनि बेलायतमा बसेर नेपाली गीत संगीतलाई माया गर्दै विभिन्न म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।

बेलायतको डोबर तथा केन्टको आसपासमा  छयांकन गरिएको रोमाञ्चक  म्यूजिक भिडियोमा बेलायत निवासी प्रभु गुरुङको निर्देशन तथा कोरियोग्राफी रहेको छ । 

उनको निर्देशनमा दर्जनौं नेपाली म्यूजिक भिडियो सार्वजनिक भइसकेका छन्। गीतमा नन्दु  गुरुङले आवाज दिएका छन् भने  देव  गुरुङले संगीत तथा रामप्रसाद  गुरुङको रहेको शब्द सृजना रहेको छ । 

यसैगरी गीतको म्यूजिक भिडियोमा सुमन श्रेष्ठको छयांकन तथा सम्पादन रहेको छ भने मेकअपमा पुष्पा गुरुङ रहेकी छन् । म्यूजिक भिडियोलाई पीपीएन प्रोडक्सनको युट्युब च्यानाम्मार्फत सार्वजनिक गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप