बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

केही समयका लागि चेन्नई सिफ्ट हुँदै आमिर

आइतबार, ०५ कात्तिक २०८०, १० : ४८
आइतबार, ०५ कात्तिक २०८०

मुम्बई । अभिनेता आमिर खान केही समयका लागि चेन्नई सिफ्ट हुने भएका छन् । लामो समयदेखि मुम्बईमा रहँदै खान २ महिनाका लागि चेन्नई सिफ्ट हुन लागेका हुन् । आमिरको चेन्नई सिफ्टको कारण प्रोफेसन र पर्सनल दुबै रहेको बताइन्छ । 

प्रोफेसन उनी केही प्रोजेटको काम गर्नेछन् । पर्सनल उनकी आमा रहेकी छन् । उनी आमा जिनत हुसैन पनि हुन् । उनको चेन्नईकी एक मेडिकलमा उपचार भइरहेको छ ।

‘मेरो लागि परिवार पहिलो प्रथामिकता हो । त्यसैले अवको दुई महिना चेन्नई रहने प्लानिङ छ’ इन्डियन टुडेलाई आमिरले भनेका छन् । आमिर मुस्किलको समय आमाको साथ दिन चाँहन्छन् । त्यसैले आमाको उपचार हुने अस्पतालको अगाडिको होटलमा उनी बस्नेछन् ।

आमिर पछिल्लो समय फिल्मबाट ब्रेक लिएर धेरै भन्दा धेरै परिवारसँग बिताइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप