सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वटा जहाज किन्दै वायुसेवा निगम, बोलपत्र आह्वान

आइतबार, ०५ कात्तिक २०८०, १० : ५४
आइतबार, ०५ कात्तिक २०८०

काठमाडौं । नेपाल वायुसेवा निगमले दुर्गम भेगमा उडान भर्न तीन वटा जहाज खरिद गर्ने भएको छ । जहाज किन्नका लागि निगमले बोलपत्र आह्वान गरेको हो । आज आइतबार खुलाइएको बोलपत्रमा आवेदन दिने म्याद ५ डिसेम्बरसम्म तोकिएको छ ।

संस्कृती, पर्यटन तथा नागरिक मन्त्री सुदन किरातीले पटक–पटक जहाज किन्ने योजना अघि बढिरहेको बताएका थिए । उनले आफ्नै कार्यकालमा जहाज किन्नेगरी प्रक्रिया अघि बढाउने योजना सुनाउँदै आएका छन् ।

यस्तै, यसअघि निगमको संरचनात्मक एंव व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले जग्गा बेचेर जहाज किन्न सिफारिस गरेको थियो । समितिले सोल्टी होटलमा रहेको कम्पनीको सेयर बेचेर जहाज किन्न सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप