बाजीगर अभिनेता दलीप ताहिललाई जेल सजाय
मुम्बई । बाजीगर, इश्क र रेस जस्ता चलचित्रमा काम गरेका वरिष्ठ अभिनेता दलीप ताहिललाई २ महिना जेल सजाय सुनाइएको छ । पाँच वर्षअघि २०१८ मा, दलीपले मदिरा सेवन गरी मुम्बईको खार क्षेत्रमा अटोलाई ठक्कर दिँदा एक महिला घाइते भएकी थिइन्।
ताहिललाई मादक पदार्थ सेवन गरी गाडी चलाएको र अटोलाई ठक्कर दिएको आरोप लागेको थियो। मदिरा सेवन गरी गाडी चलाएको र दुर्घटना हुँदा फरार भएको अनुसन्धानबाट खुलेको छ । तर, ट्राफिक जामका कारण उनी भाग्न सकेनन् ।

उनलाई घटनास्थलबाट खार प्रहरी चौकीमा ल्याइएको थियो, जहाँ उनले मदिरा सेवन गरेको स्पष्ट देखिएको थियो । यही प्रमाणका आधारमा ५ वर्षपछि उनलाई म्याजिस्ट्रेटको अदालतमा दोषी ठहर गर्दै २ महिनाको जेल सजाय सुनाइएको हो।
यसअघिका समाचार अनुसार दलीप दुर्घटनापछि घटनास्थलबाट भाग्न खोजेका थिए तर गणेश विसर्जनका कारण उनी भीडमा फसेका थिए र स्थानीयले समातेका थिए । उनलाई कारबाट बाहिर निकाल्ने प्रयास गर्दा त्यहाँ उपस्थित व्यक्तिसँग उनको झगडा भएको थियो ।
मुम्बईको खार पुलिस स्टेशनका एक इन्स्पेक्टरले दलीपले रगत परीक्षणको लागि आफ्नो नमुना दिन अस्वीकार गरेको बताए । प्रहरीले दुर्घटनामा परी घाइते भएका तीनै जनाको स्वास्थ्य परीक्षण गरेको थियो । ताहिल मादक पदार्थ सेवन गरी लापरवाही गाडी चलाएको आरोपमा पक्राउ परे पनि पछि जमानतमा रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण