पाल्पा दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत, चालकको अवस्था गम्भीर
पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ । आइतबार अन्दाजी अपराह्न बजेको समयमा जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. १३ बैकुन्ठेभिरमा रानिमहलबाट तानसेनतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२६ च ७२०९ नम्बरको जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।
दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माज्यूको कमान्डमा १९ जनाको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोली उद्धारमा खटिएको थियो । घटनास्थलबाट एक जना पुरुषको सख्त घाइते अवस्थामा उद्धार गरी उपचारको लागी युनाइटेड मिसन अस्पताल पाल्पामा पठाइएको थियो ।
घाइते रहेका चालक नवलपरासी पूर्व देवचुरी न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ३६ को ईश्वर बहादुर लोहनी रहेका छन् । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिएका छन् ।
दुर्घटनामा ३ जना महिला, १ जना पुरुष, २ जना बालक गरी ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो ।
निम्न छन् मृतकहरू:-
१.जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ५५ / ६० की पार्बती लोहनी ।
२.जिल्ला लम्जुङ बेसीसहर न.पा. २ भकुण्डे बस्ने वर्ष अन्दाजी ५५ की चुना धिताल ।
३. जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ३५ की सबिना धिताल ।
४. जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ११ को सबिस लोहनी ।
५. जिल्ला नवलपरासी पूर्व देवचुली न.पा. १६ रजहर बस्ने वर्ष अन्दाजी २.५ को ईसव लोहनी ।
६. जिल्ला नवलपरासी पूर्व देवचुली न. पा. १६ रजहर बस्ने वर्ष अन्दाजी ६५ को कृष्ण बहादुर लोहनी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण