एसियाली पारा खेलकुद : दुर्गामान १२ औँ स्थानमा
काठमाडौँ । नेपालका दुर्गामान तामाङ चौथो एसियाली पारा खेलकुदअन्तर्गत पावर लिफ्टिङमा समग्रमा १२ औँ भएका छन् । १२ खेलाडी नै सहभागी थिए ।
चीनको हाङझावस्थित एक्सएससी जिम्न्याजियममा भएको पुरुष ७२ केजीमुनि समूह ‘बी’ मा दुर्गाले पहिलो लिफ्टमा ८५ केजी भार वहन गरे । दोस्रो र लिफ्टमा उनले समान ९१–९१ केजी वजन उठाउने प्रयास गरेका थिए । तर, उनी सफल भएनन् । यदि उनले ९१ केजी वजन उचाल्न सफल भएको राष्ट्रिय कीर्तिमान हुने प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् । उनकै नाममा ९० केजीको राष्ट्रिय कीर्तिमान छ ।
दुर्गाको चुनौती समाप्त भएपछि पावर लिफ्टिङमा नेपालको यात्रा टुंगिएको छ । नेपालबाट पावर लिफ्टिङमा २ पुरुष खेलाडी सहभागी थिए । दुर्गाअघि प्रतिस्पर्धा गरेका पवन घर्ती मगरले ४९ केजीमुनि ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ७५ केजीको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण