बुहारीले कलेजो दान गरेकी सासू डिस्चार्ज
काठमाडौँ । यही असोज २६ गते शुक्रवारका दिन भएको काठमाडौँ जिल्लाका ६२ वर्षीया सासूलाई उनकी ३७ वर्षीया बुहारीले आफ्नो आधा कलेजो दान दिएकी थिइन् । बुहारी ६ दिन र सासू १२ दिनमा डिस्चार्ज भएका छन् । अंगदाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य छ ।
देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ । संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता वृद्धि हुँदै न्यूनतम शुल्क रु १५ लाखमा हुने गरेको छ र केन्द्र क्रमशः आत्मनिर्भर तर्फ उन्मुख हुँदै गएको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक तथा मिर्गौला एवं कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा भएको प्रत्यारोपणमा केन्द्रका शल्यचिकित्सक डा. रोशन घिमिरे, डा. सपना बर्मा, डा. रामबाबु साह, डा ललित कुमार दास, साथै एनेस्थेसियोलोजिबाट डा. आरती राई, रेडयोलोजिबाट डा. कृष्ण बुढाथोकी, पयाथोलोजिबाट डा. सबिना श्रेष्ठ, डा कर्ण राजवंशी, फिेजियो बाट डा सोनी तथा नर्सिङ अधिकृत अस्मिता कटवाल लगायतको नेतृत्वको टिमको सहभागिता थियो ।
केन्द्रमा २०७३ मङ्सिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरूको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात् छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरूको सहयोगमा निरन्तरता पाउँदै आएको र पछिल्लो ३ कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सक लेकसोर अस्पतालका डा. शिल्भा कुमार नागानाथमले सघाएका थिए ।
कलेजो प्रत्यारोपणका साथै नेपालमा प्रथम पटक मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुवात गरेको यस केन्द्रले ११ वर्षको अवधिमा देशमा सबैभन्दा धेरै ११३७ जनाको मिर्गौला र १४ जनाको कलेजो प्रत्यारोपण समेत गरी सकेको छ ।
केन्द्रले अङ्ग दान गर्न र मस्तिष्क मृत्यु पश्चात् प्राप्त हुने अङ्ग प्रत्यारोपण कार्य प्रवर्धन गर्नको लागि सबैमा अनुरोध गर्दै प्रतीक्षाको सूचीमा नाम लेखाउन समेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण