कलाकार प्रकाश घिमिरे घाइते, मणिपालमा उपचार हुँदै
पोखरा । कलाकार प्रकाश घिमिरे घाइते भएका छन् । शुक्रबार विहान पोखराको नदीपुरमा घाँस काट्ने क्रममा लडेर घाइते भएका हुन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको कास्की प्रहरीले जनाएको छ ।
‘घाँस काट्न जाँदा लड्नुभएको भन्ने खबर छ । अवस्था खुलेको छैन,’ कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले भने, ‘उपचार भइरहेको छ ।’ घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए । कलाकार घिमिरेको स्वास्थ्योपचारका लागि कुनै कसर बाँकी नराख्न पोखराका मेयर धनराज आचार्यले अस्पताल प्रशासनसँग आग्रह गरेका छन् ।
‘सबै बिशेषज्ञ डाक्टरहरु ईमर्जेन्सी पुग्नु भएको छ । हामी सम्पूर्ण पोखरेलीको तर्फबाट गम्भिर दुर्घटनामा पर्नु भएको प्रिय कलाकारको उपचारमा महानगर साथमा छ,’ उनले भने, ‘‘उहाँको सिघ्र स्वास्थ लाभको कामना गर्दछु । हस्पिटल प्रशासन तथा सम्बन्धित निकायको बिशेष ध्यानाकर्षण गराउँदछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण