खेलकुद
चौका प्रहार गर्दा कुशलको भाँचियो ब्याट
शुक्रबार, १० कात्तिक २०८०, ११ : १८
काठमाडौँ । त्रिकोणात्मका टी—२० क्रिकेट शृंखलाको यूएईविरुद्धको फाइनल खेलमा चौका प्रहार गर्दा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको ब्याट भाँचिएको छ ।
उनले यूएईका बलर मुहम्मद जवादुल्लाहको बलमा चौका प्रहार गरेका थिए । सोही क्रममा कुशलको ब्याट भाँचिएको हो । तीन ओभरको खेल सकिँदासम्म नेपालले कुनै पनि विकेट नगुमाई २६ रन बनाएको छ । 
कुशल भुर्तेल २० रन र आसिफ शेख पाँच रन बनाउँदै क्रिजमा छन् । कुशलले १२ बलमा चार चौका हिर्काएका छन् । ब्याट भाँचिनुअघि कुशल क्याच आउट हुनबाट जोगिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण