रणवीरको रामायणमा सनि देओल हनुमान, मागे ४५ करोड पारिश्रमिक
मुम्बई । नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म रामायणको अहिले चर्चा निकै चुलिएको छ । यो फिल्ममा रणवीर कपुर रामको भूमिका निर्वाह गर्दै छन् । यसका लागि उनले तयारी पनि सुरु गरिसकेका छन् । यो फिल्मकै लागि रणवीर शाकाहारी बनेका छन् । माछा मासु खान छाडेका छन् ।
खबरका अनुसार यो फिल्ममा हनुमानको भूमिकामा सनी देओल देखिदैंछन् । गदर २ को मेगा सक्सेसपछि सनिको करियरको ग्राफ उकालो लागेको छ । उनको फिस पनि बढेको छ । रामायणमा हनुमानको भूमिकाका लागि उनले ४५ करोड भारु मागेको बताइएको छ ।
स्क्रिनमा हनुमानको भूमिका निभाउनु ठुलो जिम्मेदारी हुने अनि यो फिल्मको बीचमा उनले अरू कुनै प्रोजेक्टमा साइन नगर्ने बताइएको छ । यो फिल्मका लागि उनले आफूलाई शारीरिक अनि मानसिक रुपमा बदल्नु पर्नेछ । यस्तोमा उनले ४५ करोड भारुमा डिल फाइनल गर्न माग राखेका छन् । हनुमान भगवानकै कारण आफूलाई सफलता मिलेकोले उनी यो भूमिकामा खेल्न तयार रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण