छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।
कैलालीको टिकापुर नगरपालिका-१ बसपार्कस्थित सडकमा प्रदेश ३-०२ ००९ प १०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ ब्लक नम्बर २२ बस्ने २७ वर्षीय भिस्म तिमिल्सेनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल हुँदै नेपालगन्ज न्यूरो हस्पिटल बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यता चितवनको खैरहनी नगरपालिका-१ बहेरा चोकमा बा.९६ प ३६३४ नम्बरको स्कुटरलाई बा.३ ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-५ बस्ने २३ वर्षीय आनन लामाको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२० रांझास्थित सडकमा रोकी राखेको भे.१ त ३२३० नम्बरको ट्याक्टरमा जडान गरेको धानको थ्रेशरमा भे.९ प ६०१ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-८ त्रिभुवनचोक बस्ने ४० वर्षीय विनोद कुमार बाल्मिकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगन्ज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहटको माधवनारायण नगरपालिका-७ फूलवरियास्थित सडकमा ना.६ प १४६३ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ६५ वर्षीय ब्रहमदेव दासको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण