किन रुस पुगे हमासका प्रतिनिधि ?

मस्को । रुसी समाचार एजेन्सी टासले शुक्रबार इरानका राजनीतिक मामिलाका लागि उप विदेशमन्त्रीले राजधानी मस्कोमा हमासका प्रतिनिधिहरूसँग भेट गरेको बताएको छ।
एजेन्सीका अनुसार यसअघि बिहीबार इरानका राजनीतिक मामिलाका लागि उप विदेशमन्त्री अली बगेरी कानीले हमास प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका अबु मारजुकलाई भेटेका थिए। उनले मारजुकलाई बैठकमा इरानको प्राथमिकता युद्धविराम र गाजामा मानवीय सहायता पठाउने रहेको बताए। बिहीबार इरानी मन्त्रीले रुसका उपविदेशमन्त्री मिखाइल बोगडानोबसँग पनि भेट गरेका थिए।
समाचार एजेन्सी एपीका अनुसार इजरायलको विदेश मन्त्रालयले हमासका प्रतिनिधिहरूलाई रुसको निमन्त्रणाको आलोचना गरेको छ। इजरायलको विदेश मन्त्रालयले हमासका मानिसहरूलाई मस्कोमा आमन्त्रित गरेर रुसले "आतंकवादलाई समर्थन गरेको" जनाएको छ। यता रुसले भने सबै पक्षसँग सम्पर्क राख्नु जरुरी रहेको बताएको छ ।
समाचार एजेन्सी एपीले बिहीबार भएको बैठकमा रुस, इरान र हमासका प्रतिनिधिहरू एकसाथ भेटे वा भएनन् भन्ने स्पष्ट भइनसकेको बताएको छ। एजेन्सीका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसको भ्रमणका क्रममा हमाससँग कुनै सम्पर्क नभएको बताएका छन् ।
रुसी विदेश मन्त्रालयले इरानी मन्त्रीसँगको वार्ता गाजामा युद्ध अन्त्य गर्ने र प्यालेस्टिनीहरूलाई मानवीय सहायता उपलब्ध गराउनमा केन्द्रित रहेको बताएको छ ।
छुट्टै भेटमा रुसका उपविदेशमन्त्रीले हमासका वरिष्ठ प्रतिनिधि बसिम नइम र मुसा अबु मारजुकसँग पनि भेटेर बन्धकहरूलाई रिहा गर्ने विषयमा कुराकानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
-
राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
-
वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार हो : प्रचण्ड
-
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै
-
देउवासँग सहमहामन्त्री परियारले दलित संघका अध्यक्षबारे गुनासो गरेपछि...
-
व्यापारिक लेनदेनमा पुर्जी जारी भएका प्रदेश सांसद प्रधानमन्त्रीसँगै, हल्ला फैलिएपछि फुत्किए