०८४ मा सबै राजनीतिक दललाई बाइबाइ गर्नुपर्छ : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरुले जनताको लागि काम नगरेको बताए । लामिछानेले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्नसक्छौँ गर भन्ने चुनौति दिएको समेत बताए । उनले आउने चुनावमा कुनैपनि दललाई एकसिट पनि जित्न नदिने बताए ।
‘हाम्रो आँखै अगाडि नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आएका छन् । स्थानीय तहमा एकसय एक होनहार मानिसहरु आएका छन् । तैपनि दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ल के गर्न सक्छौँ ? आएर भनेर हामीलाई चुनौती दिए ठाडै । हेर्दाहेर्दै । यस्त कयौँ बेथितिका चुनौतीहरु दिएका छन् ।
भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन्’ लामिछानेले भने, ‘तपाईहरुको आवाज त्यति सुनिएन भनेर कहिले कहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । के मा दिने, कति दरो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला ।’
लामिछानेले नेपालीहरुको सुनौलो भविष्य भन्ने दल र नेताहरुले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताउनु भयो । उनले भने, ‘एक दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाई थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर बेचेको
अझै हेर्न चाहनुहुन्छ ? नेपालीहरुको सुनौलो भविष्य भन्थे, त्यो सुनौलो भविष्य भनेको त आफ्ना छोराहरुलाई सुन ल्याउनका लागि सुनौलो भनेका रहेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण