मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
कांग्रेस चियापान

अध्यक्ष ओलीको नेतृत्वमा एमाले नेताहरू सानेपामा

शनिबार, ११ कात्तिक २०८०, १४ : ३२
शनिबार, ११ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेताहरु सहभागी भएका छन् । कार्यक्रममा एमाले अध्यक्ष ओली, नेताहरु विष्णु पौडेल, विष्णु रिमाल, ईश्वर पोखरेल, रघुजी पन्त, छबिलाल विश्वकर्मा लगायतका नेताहरु सहभागी भएका हुन् ।

उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले स्वागत गरेका छन् ।  अध्यक्ष ओली देउवासँग हात मिलाएर थोरै अनौपचारिक कुरा गरेर चियापानमा लागेका छन् ।

कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा  चियापान कार्यक्रमको आयोजना गरेको हो । 

kp-sanepa (1)kp-sanepa (2)kp-sanepa (3)kp-sanepa (4)kp-sanepa (5)kp-sanepa (6)kp-sanepa (7)kp-sanepa (8)kp-sanepa (9)kp-sanepa (10)kp-sanepa (11)kp-sanepa (12)

kp-sanepa (1)kp-sanepa (2)kp-sanepa (3)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप