शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना, तस्बिरहरु

शनिबार, ११ कात्तिक २०८०, १७ : ५६
शनिबार, ११ कात्तिक २०८०

भक्तपुर । राष्ट्रपति  रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन आइतबार कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन् । राष्ट्रपति  पौडेलले राष्ट्रप्रमुखका रूपमा प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर नवदुर्गाको पूजाअर्चना एवम् दर्शन गरेर प्रसाद ग्रहण गरेका हुन् ।

ram chandra (2)

उनीसँग प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन्।  भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपरान्ह् पुग्दा राष्ट्रपति  पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए । सो अवसरमा परम्परागत रुपमा पूजाका अवसरमा देखाइने नृत्य प्रस्तुत गरिएको थियो । 

सो अवसरमा राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुको साथै नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरे ।

ram chandra (3)

मल्लकालदेखि राजा महाराजाहरूले   नवदुर्गाको पूजाआजा गर्दै आएपनि बीचमा यो  परम्परा खण्डित भएको बताइन्छ । तर २०४५ मा भूकम्प आएपछि दैवीप्रकोपका घट्नाले गर्दा देश र जनताको हित, कल्याणका निमित्त तत्कालीन राष्ट्र प्रमुखले  यो  पूजाअर्चनालाई निरन्तरता दिन थालेको जानकारी   मन्दिर व्यवस्थापन समितिका सल्लाहकार  नारायणप्रसाद वनमालाले दिए ।

यहाँ ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली नव देवीको पूजा गरिन्छ । सो अवसरमा राष्ट्रपति पौडेललाइ तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइके नरेन्द्र प्रसाद जोशीले  प्रदान गरेका थिए ।
ram chandra (4)

बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ । 

ram chandra (5)ram chandra (6)ram chandra (7)ram chandra (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप