फिल्म ‘चारदाम’ मंसिरमा रिलिज हुने
आइतबार, १२ कात्तिक २०८०, १४ : २६
काठमाडौँ । लाखमान योन्जन तामाङ निर्देशित फिल्म हो ‘चारदाम’ । निर्माण युनिटले फिल्मको ४ पोस्टर सार्वजनिक गर्दै मङ्सिर रिलिजको घोषणा गरेको छ ।
सार्वजनिक ४ पोस्टर फिल्म विषयवस्तु झल्काउने र कलाकारले भरिएका छन् । फिल्म तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेसभुसा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएको हो । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको फिल्म कोशी भिजनको ब्यानरमा निर्माण भएको हो ।
भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायाङ्कन गरिएको ‘चारदाम’मा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, शान्ति पाख्रिन, मदन राई, पूर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, कुमारी लिम्बू, सुम्निमा तामाङ लगायत कलाकारहरूको अभिनय छ । फिल्ममा प्रेम कृष्ण बजगाईको संगीत, सुमन तामाङको छायाङ्कन र हेमन तामाङ सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण