बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

दसैँ पछिको सिंहदरबार

प्रशासनिक काम थोरै, कर्मचारीको चहलपहल आंशिक मात्रै
आइतबार, १२ कात्तिक २०८०, २३ : ०५
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा दसैँ पछि पनि त्यति चहलपहल देखिएको छैन । कर्मचारीको आंशिक मात्रै उपस्थिति देखिन्छ ।  सेवाग्राहीहरु पुगेपनि कर्मचारी हाजिर नहुँदा त्यतिकै फर्कनुपरेको देखियो । गत शुक्रवारदेखि सुरु भएको सरकारी कामकाज आइतबार पनि सहज हुन सकेको छैन ।

रातोपाटीकर्मी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुग्दा मन्त्री अनिता देवी र सचिव विनोदप्रकाश सिंह मन्त्रालयमा देखिन्थे । सहसचिवद्वय कमलप्रसाद भट्टराई र सहसचिव नारायण रेग्मी आफ्नो महाशाखामा थिए । बाँकी सहसचिवहरू कार्यालयमा उपस्थित थिएनन् । केही उपसचिवहरूबाहेक अधिकांश उपसचिवहरू मन्त्रालयमा भेटिएनन् ।

मन्त्रालयको प्रमुख महाशाखा मध्येको कर्मचारी प्रशासन महाशाखाका प्रमुख सुमन दाहाल कार्यालयमा थिएनन् । उनका पिए नासु राजु श्रेष्ठले बताएअनुसार उनी पारिवारिक भ्रमणमा अमेरिकामा छन् । केही कर्मचारी १२ बज्दा मात्रै मन्त्रालयको बगैँचा सरसफाइमा गरिरहेका भेटिए ।

सङ्घीय पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री, सचिव र केही सहसचिवबाहेक अन्य कर्मचारीहरू भेटिएनन् । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव मदन भुजेल भने तोक लगाउन व्यस्त देखिन्थे । मन्त्रालय अन्तर्गतकै अधिकांश खाद्य अनुसन्धान निर्देशकहरू भने मन्त्रालयमा थिएनन् । भुजेलले रातोपाटीसँग भने, ‘शुक्रवारबाट कार्यालय सुरु भए पनि आइतबारबाट कामको गति बढ्दै गएको छ, केही साथीहरू बिदामा हुनुहुन्छ, त्यही भएर अलि सुनसान देखिएको हुनसक्छ ।’ 

singadurbar (3)

वन मन्त्रालयमा मन्त्री र सचिव बाहेक अधिकांश कर्मचारी मन्त्रालयमा उपस्थित थिएनन् । मन्त्रालयमा नासु, शाखा अधिकृत फाट्टफुट्ट देखिए पनि सुनसान जस्तै देखिन्थ्यो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि अधिकांश कर्मचारी आएको देखिएन । तर, मन्त्री र सचिव भने उपस्थित थिए । मन्त्रालयका एक उपसचिवले भने,‘ धेरै कर्मचारी बिदामा छन्, टाढा घर भएकाहरू आउँदै होलान् ।’ 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पनि सुनसान जस्तै देखिन्थ्यो । 

मन्त्रालयहरू चलायमान भएको अवस्थामा खचाखच हुने सिंहदरबारका क्यान्टिनमा खाजा खान जाने कर्मचारीको उपस्थिति कमै देखिन्थ्यो । सञ्चार मन्त्रालयसँगै रहेको क्यान्टिनमा काम गर्ने एक कर्मचारीले भनिन्, ‘हिजो भर्खर त दसैँ सकियो, क्यान्टिन खचाखच हुन अझै दुईचार दिन लाग्छ, त्यही भएर खाजा पनि धेरै बनाएको छैन ।’ ती कर्मचारीका अनुसार नियमितभन्दा आइतबार खाजा खान जाने कर्मचारी एक चौथाइ कम थिए । 

singadurbar (4)

राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता हुने भएकाले परराष्ट्र मन्त्रालयमा भने अधिकांश कर्मचारी उपस्थित थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुटेरेसको भेटवार्ता भएको समयमा गृह मन्त्रालय अगाडीको सडक देखि नै सेवाग्राहीलाई हिँडडुलमा कडाइ गरिएको थियो ।

singadurbar (5)singadurbar (7)singadurbar (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप