फोनपेको उपलब्धि : एकैदिन रू १० अर्ब भन्दा बढी कारोबारको सेटलमेन्ट
ललितपुर । फोनपेले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उल्लेखनीय उपलब्धि असोज ३० गते भएको कम्पनीले जनाएको छ।
फोनपे एक युवा कम्पनी हो। एकै दिनमा १० अर्बभन्दा बढीको कारोबार सेटल गर्ने यात्रा रातारात सफल भएको भने पक्कै होइन । २०१९ मा आफ्नो सञ्चालन पछि, फोनपे लगातार नविन सेवा, प्रभाव र पूर्वाधारको सन्दर्भमा अगाडि बढिरहेको छ। लगभग सबै बैंकिङ तथा वित्तीय संस्थाहरूलाई आफ्नो नेटवर्कमा आवद्ब गराउनु चुनौतीपूर्ण काम जस्तो देखिएता पनि फोनपेले आफ्नो सञ्चालनको पहिलो वर्षमा नै यो उपलब्धि हासिल गरेको जनाइएको छ ।
फोनपे नेपालमा पि.टू.यम (व्यक्तिदेखि व्यापारी भुक्तानी) खण्डमा ९९% र पि.टू.पि (व्यक्तिदेखि व्यक्ति भुक्तानी) खण्डमा ६२% को बजार हिस्सा लिई देशका अन्य भुक्तानी संचालकहरु मध्य सबैभन्दा अग्रणी स्थानमा रहेको छ।
यति छोटो समयमा अनुपालन र नियामक आवश्यकताहरूको पालना गर्दै यस्तो बजार प्रभुत्व हासिल गर्नुले कम्पनीको वृद्धि मानसिकतालाई झल्काउँछ र प्रयोगकर्ताहरूलाई सरल, सुरक्षित र तत्काल भुक्तानी समाधानहरू प्रदान गर्ने निरन्तर प्रयासलाई पनि देखाउने जनाइएको छ । फोनपेका सीईओ दिवास कुमारले भने,
“यो उपलब्धि हाम्रो लागि ठुलो गर्वको कुरा हो। नेपालमा डिजिटल भुक्तानीलाई सशक्त बनाउने हाम्रो सामूहिक प्रयास फलदायी रहेको अनुभुति भएको छ। हामीले निरन्तर ग्राहकहरुको आवस्यक्तालाई हाम्रो प्रमुख प्राथमिक्तामा राख्दै आएका छौँ जस्को अनुरुप भुक्तानीका समाधानहरुलाई अझै बिस्तार गर्ने लक्ष्य तर्फ हामी अगाडि बढेका छौँ। हाम्रो उपलब्धिहरूको पछाडि स्तम्भ भई हामीलाई साथ दिनु हुने बैँक तथा बित्तिय संस्थाहरु र हाम्रो नियामकहरूलाई धन्यवाद दिन चाहन्छु”।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण