लुम्बिनी प्रदेशमा समाजवादी मोर्चा : जिल्ला जिल्लामा संगठन विस्तार गर्दै
बुटवल । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा गरी चार पार्टी सम्मिलित समाजवादी मोर्चाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा संगठन विस्तार गर्न थालेको छ ।
असारको पहिलो हप्ता काठमाडौँमा घोषणा भएको मोर्चाले भदौ १२ गते लुम्बिनी प्रदेशमा प्रदेश समिति घोषणासहित सन्देशसभा आयोजना गरेको थियो । मोर्चालाई अब जिल्लास्तरमा विस्तारको तयारी भइरहेको हो ।
जिल्ला तथा स्थानीय तहमा मोर्चा गठन गर्ने प्रक्रिया अगाडि बढाएको मोर्चाका लुम्बिनी प्रदेश संयोजक वसन्त श्रेष्ठ(सी)ले रातोपाटीलाई बताए । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये अहिले ६ वटा जिल्लामा मोर्चा गठन भएको छ । हाल रुपन्देहीमा नेकपाका शरदओली(सी), पाल्पामा नेकपा एकीकृत समाजवादीका अशोक शाही, गुल्मीमा माओवादी केन्द्रका युवराज के.सी., कपिलवस्तुमा नेकपाका शंक प्रसाद थारु (सी), दाङमा माओवादी केन्द्रका तुलसीराम पुन, प्युठानमा नेकपाकै गिरी प्रसाद (सी)परिवर्तन) को नेतृत्वमा जिल्लामा मोर्चा गठन भएको छ । अन्य जिल्लामा गठनको तयारी भइरहेको छ ।
केन्द्रको जस्तै गरी प्रदेश, जिल्ला र स्थानीय तहमा चार वटै दलबाट आलोपालो नेतृत्व हुने गरी मोर्चाको कमिटी बनाइने छ ।
लुम्बिनी प्रदेशमा भदौ १२ गते आयोजित सन्देशसभाको व्यवस्थापन गर्ने जिम्मा नेकपाले पाएको थियो । सोही अनुसार प्रदेश संयोजक वसन्त श्रेष्ठ (सी) अहिले लुम्बिनी प्रदेश संयोजक छन् ।
यस्तै गरी जिल्लामा गठन हुने कमिटीमा पनि संयोजक आलोपालो हुने प्रावधान छ । ६÷६ महिनामा संयोजक परिवर्तन गर्ने समझदारी पनि भएको छ । यस्तै, सचिवालयको व्यवस्था पनि गरिएको छ ।
लुम्बिनी प्रदेश सचिवालयमा अहिले माओवादी केन्द्रका लुम्बिनी अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेय, जनता समाजवादी पार्टी नेपालका प्रदेश अध्यक्ष अशोक यादव रहेको संयोजक वसन्त श्रेष्ठ(सी)ले बताए ।

जिल्लामा गठन भएका मोर्चाले आलोपालो गर्ने गरी एक पार्टीका ३ जनाका दरले १२ जना रहेको समिति बन्ने छ ।
मोर्चाले संविधानमा उल्लेख भए अनुसार समाजवाद उन्मुख तरिकाबाट यहाँको आवश्यकता अनुसार समाजवादको मोडल तयार पार्न बुद्धिजीवी, स्थानीय उद्योग व्यापारी तथा अन्य सरोकारवालाहरूसँग अन्तरक्रिया, बहस गर्ने छ ।
जनताका आधारभूत समस्यालाई ध्यानमा राख्दै सरकारलाई ध्यानाकर्षण गराउने, अन्य दल, बुद्धिजीवी तथा तथा सरोकारवालसँग यहाँको समाजवादको मोडल विषयमा छलफल एवं अन्तरक्रिया गर्ने जस्ता कामलाई तीव्रता दिने सचिवालय सदस्य एवं माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण