सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानले भन्यो, ‘इजरायलले सबै हद पार गर्दैछ, जो कोहीलाई कारबाहीका लागि बाध्य बनाउँदैछ’

आइतबार, १२ कात्तिक २०८०, १६ : ०१
आइतबार, १२ कात्तिक २०८०

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रईसीले इजरायलको कदमले सबै हद पार गरेको बताउँदै यसबाट जो कोहीलाई जुन सुकै कारबाही गर्नका लागि बाध्य बनाउन सक्ने बताएका छन् ।

रइसीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘वासिङ्टन हामीलाई केही पनि नगर्नु भनिरहेको छ तर इजरायललाई पुरो समर्थन गरिरहेको छ । अमेरिकाले ‘प्रतिरोधको धुरी’ लाई सन्देश दिने प्रयास गर्‍यो तर युद्धको मैदानमा उसले स्पष्ट जवाफ पायो ।’ प्रतिरोधको धुरीको आशय इरान समर्थित शक्तिको नेटवर्क हो जुन मध्यपूर्वमा फैलिएको छ । हमास पनि यसको हिस्सा हो ।

अमेरिकी अधिकारीहरूले इरानलाई इजरायल–हमास संघर्षबाट टाढा रहन चेतावनी दिइरहेको छ । इरान यो युद्धमा सामेल भयो भने यो ठुलो क्षेत्रीय संघर्षमा बदलिन सक्ने अमेरिकाको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप