इरानले भन्यो, ‘इजरायलले सबै हद पार गर्दैछ, जो कोहीलाई कारबाहीका लागि बाध्य बनाउँदैछ’
आइतबार, १२ कात्तिक २०८०, १६ : ०१
तेहरान । इरानका राष्ट्रपति इब्राहिम रईसीले इजरायलको कदमले सबै हद पार गरेको बताउँदै यसबाट जो कोहीलाई जुन सुकै कारबाही गर्नका लागि बाध्य बनाउन सक्ने बताएका छन् ।
रइसीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘वासिङ्टन हामीलाई केही पनि नगर्नु भनिरहेको छ तर इजरायललाई पुरो समर्थन गरिरहेको छ । अमेरिकाले ‘प्रतिरोधको धुरी’ लाई सन्देश दिने प्रयास गर्यो तर युद्धको मैदानमा उसले स्पष्ट जवाफ पायो ।’ प्रतिरोधको धुरीको आशय इरान समर्थित शक्तिको नेटवर्क हो जुन मध्यपूर्वमा फैलिएको छ । हमास पनि यसको हिस्सा हो ।
अमेरिकी अधिकारीहरूले इरानलाई इजरायल–हमास संघर्षबाट टाढा रहन चेतावनी दिइरहेको छ । इरान यो युद्धमा सामेल भयो भने यो ठुलो क्षेत्रीय संघर्षमा बदलिन सक्ने अमेरिकाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण