रिलिज भएको १० औँ दिनसम्म लियोको कमाइ शानदार
आइतबार, १२ कात्तिक २०८०, १६ : ४५
मुम्बई । दक्षिण भारतीय अभिनेता विजय थलपतिको फिल्म लियोको उत्कृष्ट प्रदर्शन जारी छ । रिलिज भएको १० औँ दिनमा फिल्मले विश्वभरबाट १४ करोड ४५ लाख रुपैयाँ कमाएको छ ।
योसँगै फिल्मको वर्ल्डवाइड कलेक्शन ५ अर्ब २ करोड ९५ लाख रुपैयाँ पुगेको छ । भारतीय बक्स अफिसको नेट कमाई भने ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ रहेको छ । लियोले ओपनिङ डेमा १ अर्ब ४५ करोड रुपैयाँ कमाएको थियो ।
उता कंगना रनौतको तेजसको कमाई दोस्रो दिन पनि बढेन । दोस्रो दिन फिल्मले जम्मा १ करोड २५ लाख रुपैयाँको कारोबार गरेको छ । विधु विनोद चोपडाको १२ औँ फेलले भने बक्स अफिसमा शानदार प्रदर्शन गरिरहेको छ । फिल्मले दोस्रो दिन २ करोड ५० लाख रुपैयाँ कलेक्शन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण