अज्ञात समूहद्वारा रुपन्देहीमा ५ लाख ५० हजार रुपैयाँ लुटपाट
बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ स्थित दयानगरमा ५ लाख ५० हजार रुपैयाँ लुटिएको छ । मर्चवारी गाउँपालिका–३ स्थित रायपुरका श्रीप्रकाश बरईको साथमा रहेको रकम अज्ञात समूहले लुटेको ईलाका प्रहरी कार्यालय (ईप्रका) मर्चवारले जनाएको छ ।
आइतबार साँझ करीब ६ बजे भैरहवाबाट मर्चवारी–३ रायपुरस्थित आफ्नो घरतर्फ आइरहेका गल्ला व्यापारी बरईको साथमा रहेको रकम सम्मरीमाई–६ डिहुली र दयानगरको बीचमा लुटिएको ईप्रका मर्चवारका प्रमुख प्रहरी निरीक्षक रेशम पौडेलले जानकारी दिए ।
बरई मोटरसाइकलमा आफ्नो घर आउँदै थिए । घटनापश्चात मर्चवार क्षेत्रको सम्पूर्ण नाकामा चेकजाँचलाई कडाइ पारिएको पौडेलले बताए ।
भैरहवा–मर्चवार सडकखण्ड हुँदै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुईजनाको अज्ञात समूहले पेस्तोल देखाएर रकम लुटपाट गरेको श्रीप्रकाश बरईका भाइसमेत रहेका मर्चवारी गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण