६० ओभर, ५० ओभर र २० ओभरको विश्वकप जित्ने एकमात्र राष्ट्र
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हाल दुईवटा ढाँचाको विश्वकप आयोजना गर्छ । एकदिवसीय विश्वकप पुरानो हो भने टी—२० विश्वकप नयाँ हो ।
एकदिवसीय विश्वकप पनि पहिले ६० ओभरको खेलाइन्थ्यो । चौथो विश्वकपदेखि मात्र ५० ओभरको प्रचलन सुरु भएको हो । विश्व क्रिकेटको इतिहासमा हालसम्म भारतले मात्र ६० ओभर, ५० ओभर र २० ओभरको विश्वकप जित्ने कीर्तिमान बनाउन सकेको छ ।
भारतले सन् १९८३ मा पहिलो पटक एकदिवसीय विश्वकप जितेको थियो । त्यतिबेला एकदिवसीय विश्वकप ६० ओभरको खेलाइन्थ्यो । त्यसपछि भारतले सन् २०११ मा दोस्रो पटक एकदिवसीय विश्वकप जित्यो । त्यतिबेलासम्म एकदिवसीय विश्वकप ५० ओभरमा खेलाउन सुरु भइसकेको थियो । यसका अतिरिक्त भारतले सन् २००७ मा आईसीसी टी—२० विश्वकपको उपाधि पनि चुमेको थियो । यसरी भारत ६० ओभर, ५० ओभर र २० ओभरको ढाँचामा खेलाइएको विश्वकप जित्ने एकमात्र राष्ट्र बन्न पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण