बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
नेपाल भ्रमण

सेनाकाे जहाजमा पोखरा ओर्लिए गुटेरेस, नेपाली ढाकाटोपीले स्वागत

सोमबार, १३ कात्तिक २०८०, १४ : २४
सोमबार, १३ कात्तिक २०८०

पोखरा। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सोमबार दिउँसो पोखरा पुगेका छन् । उनी नेपाली सेनाको जहाजमार्फत पोखरा अवतरण गरेका हुन् ।

गुटरेसलाई  पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । महासचिव गुटरेसको स्वागतका लागि विभिन्न सामाजिक संघ संस्था र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू नेपालको राष्ट्रिय झण्डा, युएनको झण्डा र विभिन्न किसिमका मौलिक बाजासहित उपस्थित भएका थिए ।

गुटरसलाई स्वागत गर्न गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित पोखरा महानगरका मेयर धनराज आचार्य लगायत विमानस्थल पुगेका थिए । उनलाई मेयर आचार्यले नेपाली ढाकाटोपी समेत पहिर्याइदिएका थिए ।

उनले आज फिष्टेल लजमा रात बिताउने छन् भने मंगलवार बिहान अन्नपूर्ण बेसक्याम्प जानेछन् ।

pokhara

चार दिने नेपाल भ्रमणको सिलसिलामा उनी आइतबार नेपाल आएका हुन् । नेपाल आइपुगेकै दिन उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउद लगायतसँग भेटवार्ता गरिसकेका छन् । यस्तै उनले पाटनको भ्रमण पनि आइतबार नै गरेका थिए । 

आज बिहान सगरमाथा क्षेत्रको भ्रमणपछि उनी पोखरा पुगेका हुन् । उनले मंगलबार संघीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

pokhara1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप