सेनाकाे जहाजमा पोखरा ओर्लिए गुटेरेस, नेपाली ढाकाटोपीले स्वागत
पोखरा। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सोमबार दिउँसो पोखरा पुगेका छन् । उनी नेपाली सेनाको जहाजमार्फत पोखरा अवतरण गरेका हुन् ।
गुटरेसलाई पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । महासचिव गुटरेसको स्वागतका लागि विभिन्न सामाजिक संघ संस्था र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू नेपालको राष्ट्रिय झण्डा, युएनको झण्डा र विभिन्न किसिमका मौलिक बाजासहित उपस्थित भएका थिए ।
गुटरसलाई स्वागत गर्न गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित पोखरा महानगरका मेयर धनराज आचार्य लगायत विमानस्थल पुगेका थिए । उनलाई मेयर आचार्यले नेपाली ढाकाटोपी समेत पहिर्याइदिएका थिए ।
उनले आज फिष्टेल लजमा रात बिताउने छन् भने मंगलवार बिहान अन्नपूर्ण बेसक्याम्प जानेछन् ।

चार दिने नेपाल भ्रमणको सिलसिलामा उनी आइतबार नेपाल आएका हुन् । नेपाल आइपुगेकै दिन उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउद लगायतसँग भेटवार्ता गरिसकेका छन् । यस्तै उनले पाटनको भ्रमण पनि आइतबार नै गरेका थिए ।
आज बिहान सगरमाथा क्षेत्रको भ्रमणपछि उनी पोखरा पुगेका हुन् । उनले मंगलबार संघीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण