हत्यारालाई कारबाही गर्न एनप्याब्सनको माग
बारा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) बाराले वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश सर्राफको हत्याको विरोधमा भोलि जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्दको घोषणा गरेको छ ।
एनप्याब्सन बाराले आज प्रेस विज्ञप्ति जारी गर्दै नेशनल प्याब्सनका वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश सर्राफलाई गोली हानी हत्या गर्नेलाई कारबाही गर्न माग समेत गरेको छ । एनप्याब्सनले जिल्लाका सम्पूर्ण निजी विद्यालय सञ्चालक असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै कात्तिक १४ गते मङ्गलबार जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्द हुने जनाएको हो ।
जिल्ला अध्यक्ष प्रभुलालप्रसाद कुश्वाहाद्वारा जारी विज्ञप्तिमा बाल एकता बोर्डिङ स्कुल कलैया–६ बाराका संस्थापक रुपेशकुमार सर्राफलाई आपराधिक समूहले ज्ञान सरोवर बोर्डिङ र नेरामावि (मदर्शा) स्कुलको बीचमा दिनदहाडै गोली प्रहार गरी हत्या गरेको घटनाप्रति घोर भत्र्सना गर्दै हत्यारालाई कारबाही गर्न माग गरिएको छ ।
विज्ञप्तिमा शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना प्रकट गर्दै मृतकको आत्माको चिरशान्तिको कामना समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण