फिल्म ‘जम्प’ मंसिर २९ बाट प्रदर्शनमा आउने
काठमाडौँ । आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा रहेको फिल्म ‘जम्प’ मंसिर २९ बाट प्रदर्शनमा आउने भएको छ ।
साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको फिल्म यतिबेला पोष्ट प्रोडक्सनको अनि्तम चरणमा छ । फिल्मले विगतका अनुभूति र भ्रष्टाचारको विषय कथा बनाएको निर्देशक कार्कीले बताए ।
क्रियटिभ माकुरा मिडियाको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य, विनीता थापामगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कडेलको मुख्य भूमिका छ । फिल्मको कार्यकारी निर्माता इशा खड्का हुन् ।
विदेशका विभिन्न फेस्टिभलमा समेत सहभागी भएको फिल्मले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने लेखक तथा निर्देशक कार्कीले बताए । क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन् । फिल्म गोविन्द शाहीले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण