विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था छैन : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले व्यवस्थामा परिमार्जन गरी अवस्थामा परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपालको अवस्थाबारे अमेरिकामा सर्वपक्षीय अन्तरक्रियामा शर्माले व्यवस्था नभई अवस्थामा परिवर्तन आजको आवश्यकता भएको बताए ।
यस्तै उनले विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल नरहेको बताए । ‘विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल छैन । त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरा मात्रै हो,’ उनी भन्छन् ।
देशमा अनिवार्य जनशक्ति बाहेकलाई बाह्य व्यवस्थापन अहिलेको बाध्यता रहेको उनको भनाइ छ । अहिलेको प्राथमिकता जलविद्युत उत्पादनमा वृद्धि र वैदेशिक रोजगारको मर्यादा अभिवृद्धि भएको महामन्त्री शर्माले बताए । ‘देशमा लगानी गर्न गैह्र आवासीय नागरिकताको उपयोग बृहत्तर रूपमा गर्न जरुरी छ,’ उनले भने ।
आइतबार अपराह्न भएको कार्यक्रममा नेपालका मुख्य राजनैतिक दलहरूसँग निकट प्रवासी संगठनहरुको अमेरिकी नेतृत्व, विभिन्न जातीय र धार्मिक संघसंस्था तथा न्युयोर्कमा रहेका नेपालीहरुको सहभागिता रहेको थियो ।
नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिकालाई अझ विस्तारित र स्थापित गर्नुपर्ने विषयमा कार्यक्रममा जोड दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण