बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था छैन : महामन्त्री शर्मा

मङ्गलबार, १४ कात्तिक २०८०, १५ : ०९
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले व्यवस्थामा परिमार्जन गरी अवस्थामा परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपालको अवस्थाबारे अमेरिकामा सर्वपक्षीय अन्तरक्रियामा शर्माले व्यवस्था नभई अवस्थामा परिवर्तन आजको आवश्यकता भएको बताए । 

यस्तै उनले विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल नरहेको बताए । ‘विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल छैन ।  त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरा मात्रै हो,’ उनी भन्छन् ।

देशमा अनिवार्य जनशक्ति बाहेकलाई बाह्य व्यवस्थापन अहिलेको बाध्यता रहेको उनको भनाइ छ । अहिलेको प्राथमिकता जलविद्युत उत्पादनमा वृद्धि र वैदेशिक रोजगारको मर्यादा अभिवृद्धि भएको महामन्त्री शर्माले बताए । ‘देशमा लगानी गर्न गैह्र आवासीय नागरिकताको उपयोग बृहत्तर रूपमा गर्न जरुरी छ,’ उनले भने ।

आइतबार अपराह्न भएको कार्यक्रममा नेपालका मुख्य राजनैतिक दलहरूसँग निकट प्रवासी संगठनहरुको अमेरिकी नेतृत्व, विभिन्न जातीय र धार्मिक संघसंस्था तथा न्युयोर्कमा रहेका नेपालीहरुको सहभागिता रहेको थियो । 

नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिकालाई अझ विस्तारित र स्थापित गर्नुपर्ने विषयमा कार्यक्रममा जोड दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप