बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

शासक वर्गका कारण नेपाल विकसित हुन सकेन : अध्यक्ष ओली

मङ्गलबार, १४ कात्तिक २०८०, १६ : ०६
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन् ।  

मंगलबार काठमाडौँका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औँ एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र बाह्य शक्ति रहेको बताए । 

अध्यक्ष ओलीले नेपालीहरु लामो समयसम्म हातमुख जोड्न नै लागि परेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्रदान नगरिएको बताए । विभिन्न कालमा शासन गर्नेहरुले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जनमा सीमित भएकाले यसको विकास हुन नसकेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप