शर्माद्वारा प्रहरीमा निवेदन, दोषीमाथि कारबाहीको माग
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा पत्रकारसहित अभियन्ताहरूमाथि भएको हातपात दुर्व्यवहारको घटनामा दोषीमाथि कारबाहीको मागसहित प्रहरीमा निवेदन परेको छ ।
गैरआवासीय नेपाली संघमा अध्यक्षको आधिकारिकता दाबी गरिरहेका आरके शर्मा, उपाध्यक्ष गंगाधर गौतम, महासचिव बुद्धि सुवेदी र कोषाध्यक्ष ठाकुुर ढुङ्गानाले मंगलबार प्रहरी वृत्त दरबारमार्गमा निवेदन दर्ता गराएका हुन् ।
उनीहरुले एनआरएनए कार्यालयमा भएको कुटपिट सम्बन्धमा आवश्यक छानबिन गरी शान्ति सुरक्षाका साथै सीसी क्यामेरा फुटेज सुरक्षित गराउन निवेदनमार्फत आग्रह गरेका छन् । निवेदनमा कार्यालयमा अफिसका सबै कर्मचारीलाई बिदा दिएर बद्री केसीले एमालेका नेता महेश बस्नेत र युवा संघका कार्यकर्तालाई प्रवेश गराइ गोप्य कार्यक्रम गराएको आरोप लगाइएको छ । सोही क्रममा एनआरएनए बेल्जियमका पार्षद तथा पत्रकार ओम शर्मासहित आफूहरू पुगेर कार्यक्रमबारे सोधखोज गर्दा बिना कारण आक्रमण भएको निवेदनमा उल्लेख छ ।
सो क्रममा आफूहरूमाथि ज्यान मार्नेसम्मको धम्की दिइएको र सबै घटना बद्री केसीको निर्देशनमा गराइएको दाबी गर्दै उनीसहित दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।
यस्तै सहज वातावरण नबने सम्म एनआरएनएको कार्यालय बन्द गराई आवश्यक कारबाही गर्न पनि माग गरिएको छ ।
यसैबीच एनआरएनएको निर्वाचनमा अध्यक्षका प्रत्याशी महेश श्रेष्ठको कार्यालयमा भएको घटना खेदजनक भएको बताएका छन् । संघको मुख्यालयभित्र पत्रकार ओम शर्मा माथि भएको सांघातिक आक्रमण अत्यन्तै खेदजनक भएको उनको भनाइ छ।
अहिले संघमा ठूलो विश्वासको संकट रहेको भन्दै उनले संघको दशौं र एघारौं महाधिवेशनमा भए गरिएका गतिविधिहरुले गिराएको एनआरएनएको साख आजको घटनाले झन् गिराएको बताएका छन् ।डर , धाकधम्की रबल प्रयोगले कुनै पनि समस्याको समाधान कदापी हुन नसक्ने श्रेष्ठको भनाइ छ ।
सहमति , सहकार्य र एकताको आवश्यकता अहिलेको सन्दर्भमा झन् बढेको भन्दै उनले भनेका छन्, ‘आपसी छलफल र संवादका माध्यमबाट समस्या समाधानका लागि अगाडि बढ्न म सबै सँग आग्रह गर्दछु ।’
नेपाल पत्रकार महासंघ युरोप शाखा कार्यबाहक अध्यक्ष केजिन राईले बद्री केसी र महेश बस्नेतको ठाडो निर्देशनमा शर्मामाथि सांघातिक आक्रमण भएको खबरले स्तब्ध भएको विज्ञप्तिमार्फत जनाएका छन् ।
हाल गैरआवासीय नेपाली संघमा आधिकारिकताको विवादले चरम रुप लिएको छ । बद्री केसीलाई आरके शर्माले अवैध घोषणा गरेका छन् भने बद्रीले चाहिँ आफू नै आधिकारिक अध्यक्ष भएको बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण