शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

युट्युबमा आयो ‘कबड्डी ४’

बुधबार, १५ कात्तिक २०८०, १२ : २३
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । गत वर्षको हिट फिल्म ‘कबड्डी ४’ युट्युबमा रिलिज भएको छ । निर्माण संस्था बाँसुरी फिल्मस्ले आफ्नै युट्युब च्यानलमार्फत यो फिल्म रिलिज गरेको हो ।

हलमा २२ करोडको व्यवसाय गर्न सफल फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । विदेशी बजारबाट पनि फिल्मको आम्दानी राम्रो मानिएको छ । 

दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको ‘कबड्डी ४’लाई पहिले ‘कबड्डी’ अन्तिम सिक्वेल भनिएको थियो । तर, अब निर्देशक गुरुङ ‘कबड्डी ५’ बनाउने तयारीमा जुटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप