अपराध
गोठाटार गोलीकाण्ड : थप एकजना पक्राउ
बुधबार, १५ कात्तिक २०८०, १३ : ५८
काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएर थप एकजनालाई पक्राउ गरेको छ । झापा घर भएका हर्क लिम्बुलाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
प्रहरीले चलाएको गोली लागेर भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिम घाइते भएका छन् । करिमको साथबाट एकथान पेस्तोल र दुई सय ग्राम लागुऔषध बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए ।
लिम्बु र करिम एउटै समूहका लागुऔषध कारोबारी रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । करिमको अहिले गोठाटार स्थित स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण