अपराध
गोठाटार गोलीकाण्ड : थप एकजना पक्राउ
बुधबार, १५ कात्तिक २०८०, १३ : ५८

काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएर थप एकजनालाई पक्राउ गरेको छ । झापा घर भएका हर्क लिम्बुलाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
प्रहरीले चलाएको गोली लागेर भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिम घाइते भएका छन् । करिमको साथबाट एकथान पेस्तोल र दुई सय ग्राम लागुऔषध बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए ।
लिम्बु र करिम एउटै समूहका लागुऔषध कारोबारी रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । करिमको अहिले गोठाटार स्थित स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानीको समस्याबाट मुक्ति
-
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण विस्तार
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा