२०८४ को चुनावमा गठबन्धन गर्न नपाउने कानुन बनाउन आवश्यक छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले आगामी निर्वाचनका बेला राजनीतिक दलहरूबिच गठबन्धन बनाउन नमिल्ने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा लामिछानेले सो सम्बन्धी कानुनी प्रावधान राख्न आवश्यक रहेको बताए ।
उनले भने– ‘चुनावपछि सरकार बनाउन दलहरूबिच गठबन्धन हुनु सामान्य कुरा हो तर चुनाव जित्नकै लागि गठबन्धन बनाउने कुरा त राजनीतिक कार्टेलिङ भयो । एउटा दलको व्यक्तिले अर्को दलको चुनाव चिन्ह लिएर समेत चुनाव लडेको छ । अबको चुनावमा गठबन्धन बनाएर चुनाव लड्न नपाउने कानुनी व्यवस्था गर्न आवश्यक छ ।’
उनले निर्वाचन आयोगले बनाउन लागेको एकीकृत निर्वाचन कानुनको मस्यौदामा सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसारको नो भोट (राइट टु रिजेक्ट) को व्यवस्था राख्न समेत माग गरे । २०३५ सालको जनमत सङ्ग्रहको बेला पेरिसमा रहेका नेपालीले समेत मतदानको अवसर पाएको बताउँदै उनले अहिलेको समयमा यसको प्रबन्ध गर्न नसकिने प्रश्न नरहेको बताए ।
यस्तै विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्नुपर्नेमा पनि लामिछानेले जोड दिएका छन् । यता प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसद्ले त्यस किसिमको कानुन बनाएमा कार्यान्वयन गर्न आयोग तयार रहेको जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण