बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप छनौटमा नोबेल मेडिकलको प्रोत्साहन – १५ लाख रुपैयाँ पुरस्कारको घोषणा

बुधबार, १५ कात्तिक २०८०, १७ : ५७
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । विराटनगरको नोबेल मेडिकल कलेजले टी–२० विश्वमा छनौट भएमा नेपाली टोलीलाई एकमुष्ट १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । काठमाडौँमा जारी सन् २०२४ को विश्वकपबाट नेपाल दुई खेल मात्रै टाढा छ ।

कलेजले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वकप छनौट भएमा अफिसियलसहितको नेपाली टोलीलाई एकमुष्ट १५ लाख दिने घोषणा गरेको हो । सिंगापुर र मलेसियाविरुद्ध लगातार जित निकाल्दै एक खेल अगावै सेमिफाइनल पुगेको नेपालले भोली ओमनको सामना गर्दैछ ।

सेमिफाइन पुगिसकेको नेपाली टोली फाइनल प्रवेश गरेमा १० वर्षपछि आगामी वर्ष अमेरिका र क्यानडामा हुने टी–२० विश्वकप खेल्नेछ । यस्तै, छनौट प्रतियोगिताको उपाधि नै जितेमा पुरस्कार राशि थप ५ लाख रुपैयाँले बड्ने घोषणा कलेजले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप