१० महिनामा १४ खर्बको आयात, सबैभन्दा बढी पेट्रोलियम पदार्थ
सारांश
- आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपालको वैदेशिक व्यापार १८.३७% ले वृद्धि, आयात १३.११% र निर्यात ७२.७७% ले बढ्यो।
- आयातमा पेट्रोलियम पदार्थ, फलाम र पाम तेलको हिस्सा उच्च रह्यो, भने निर्यातमा पाम तेलको योगदान धेरै देखियो।
- व्यापार घाटा साढे १२ खर्ब रुपैयाँ नाघ्यो, अघिल्लो वर्षको सोही अवधिमा यो घाटा ११ खर्ब ७७ अर्ब थियो।
काठमाडौँ । चालु वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) मा आयात निर्यात बढ्दा कुल वैदेशिक व्यापार १८.३७ प्रतिशतले बढेको छ । बुधबार सार्वजनिक भएको भन्सार विभागको तथ्यांकअनुसार आयात १३.११ प्रतिशतले बढेको छ भने निर्यात ७२.७७ प्रतिशतले बढेको छ ।
१४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँँको वस्तु आयात हुँदा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँँ बराबरको वस्तु निर्यात भएका विभागको तथ्यांकमा उल्लेख छ । यसअनुसार यो अवधिमा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँँ बराबरको कुल वैदेशिक व्यापार भएको छ ।
चालु वर्षमा आयात निर्यातको हिस्सा प्रतिशतमा हेर्ने हो भने आयात ८७.१२ प्रतिशत हुँदा १२.८८ प्रतिशत निर्यात भएको छ । यसअनुसार देशको व्यापार घाटा साढे १२ खर्ब नाघेको छ । वैशाख मसान्तसम्मा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँँ बराबर वैदेशिक व्यापार घाटामा गएको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँँ थियो ।
यस्तै अघिल्लो वर्षको यसै अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँँको वस्तु आयात भएको थियो । १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँँ बराबरको वस्तु निर्यात भएको थियो । यसअनुसार अघिल्लो वर्षको यसै अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँँ बराबरको व्यापार भएको थियो ।
सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ
चालु वर्षको वैशाख मसान्तसम्म्मा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँँको वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसमध्ये सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ रहेको छ । वैशाख मसान्तसम्म २ खर्ब ६४ अर्ब ८४ करोड पेट्रोल आयात भएको छ ।
यसैगरी दोस्रोमा फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । यो अवधिमा १ खर्ब ३७ अर्ब ९२ करोड रुपैयाँँ बराबरको फलाम तथा फलामजन्य वस्तु आयात भएको हो । यसैगरी तेस्रोमा पाम तथा प्रशोधित तेल १ खर्ब २० अर्ब ६७ करोड रुपैयाँँको आयात भएको छ ।
सबैभन्दा धेरै आयात भएका १५ वस्तु
वस्तु आयात मूल्य
पेट्रोलियम पदार्थ– २ खर्ब ६४ अर्ब ८४ करोड
फलाम तथा फलामजन्य वस्तु– १ खर्ब ३७ अर्ब ९२ करोड
पाम तथा प्रशोधित तेल– १ खर्ब २० अर्ब ६७ करोड
बोइलर मेशिन– १ खर्ब
सवारीसाधन तथा पार्टपुर्जा– ८२ अर्ब २४ करोड
लाष्टिक तथा प्लाष्टिक जन्य सामग्री– ५४ अर्ब ३२ करोड
मोती– ५२ अर्ब ६१ करोड
कपडा– ३६ अर्ब ११ करोड
फार्माटिकल प्रोडक्ट– ३५ अर्ब ५५ करोड
तरकारी– ३३ अर्ब ९६ करोड
बहुमूल्य पत्थर– ३१ अर्ब ४ करोड
तेलजन्य बिउ– २४ अर्ब ६७ करोड
रासायनिक मल– २४ खर्ब ३२ करोड
फलफूल– २१ अर्ब १८ करोड
खाद्यान्न– २२ अर्ब १५ करोड
चौथोमा बोइलर मेशिन १ खर्ब रुपैयाँँ बराबरको, सवारीसाधन तथा पार्टपुर्जा ८२ अर्ब २४ करोड रुपैयाँँको,प्लास्टिक तथा प्लास्टिक जन्य सामग्री ५४ अर्ब ३२ करोड रुपैयाँँको आयात भएको छ ।
मोती ५२ अर्ब ६१ करोड रुपैयाँँको, कपडा ३६ अर्ब ११ करोड रुपैयाँ, फर्मास्युटिकल प्रोडक्ट ३५ अर्ब ५५ करोड रुपैयाँँ, तरकारी ३३ अर्ब ९६ करोड रुपैयाँँको, बहुमूल्य पत्थर ३१ अर्ब ४ करोड रुपैयाँँ, तेलजन्य बिउ २४ अर्ब ६७ करोड, रासायनिक मल २४ खर्ब ३२ करोड, फलफूल २१ अर्ब १८ करोड खाद्यान्न २२ अर्ब १५ करोड रुपैयाँँको खाद्यान्न आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा धेरै निर्यात हुनेमा पाम तेल
वैशाखसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँँ बराबरको कुल वस्तु निर्यात भएको छ । यसमध्ये सबैभन्दा बढी निर्यात हुनेमा पाम तथा प्रशोधित तेल रहेको छ । यो तेल ९१ अर्ब ३९ करोड रुपैयाँँको निर्यात भएको छ । यसैगरी निर्यात हुने दोस्रोमा धागो २३ अर्ब ६३ करोड रुपैयाँँको निर्यात भएको छ ।
साथै फलाम तथा फलामजन्य १३ अर्ब ८४ करोड रुपैयाँँको, कपडा ११ अर्ब ८५ करोड, चिया कफी तथा मसलाजन्य वस्तु ११ अर्ब ६२ करोड, तरकारी ६ अर्ब ६४ करोड रुपैयाँँ, काठजन्य तथा प्लाइउड ७ अर्ब ८२ करोड रुपैयाँँको आयात भएको छ ।
यस्तै गलैँचा १० अर्ब १२ करोड रुपैयाँँको, फलफूलका बिरुवा ६ अर्ब ६४ करोड र ६ अर्ब ७५ करोडको खाद्यान्न निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण