बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
भिजिट भिषा प्रकरण

३ दिनअघि अख्तियारमा परेको उजुरी, ‘दैनिक ४० लाख असुल्छन्’

बुधबार, ०७ जेठ २०८२, २२ : ५०
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • अध्यागमनका कर्मचारीले 'कोड वर्ड' प्रयोग गरी महिलासँग ४० हजार र पुरुषसँग २० हजारसम्म असुल्ने गरेको खुलेको छ।
  • अख्तियारले गरेको अनुसन्धानमा ट्राभल एजेन्सी र मेनपावर कम्पनीको संलग्नता रहेको र दैनिक ३० देखि ४० लाखसम्म असुली हुने गरेको पाइएको छ।

काठमाडौँ । भिजिट भिसामा विदेश पठाउँदा अध्यागमनका कर्मचारीले असुल्ने गरेकोबारे अख्तियारमा ३ दिनअघि उजुरी परेको थियो । सो उजुरीको आधारमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आफ्नो टिमलाई त्यसबारे अनुसन्धानमा परिचालन गरे ।

प्रारम्भिक अनुसन्धान गर्दा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईको भूमिका ‘शङ्कास्पद’ देखिएपछि बुधवार उनी पक्राउ परेका हुन् । प्रारम्भिक सोधपुछ पछि उनी रिहा भएका छन् ।

अध्यागमनका कर्मचारीको ‘कोडवर्ड’ प्रयोग गरेर रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  पर्यटक भिसा लगाएर युएई र कुवेततर्फ जाने महिलाहरूलाई अध्यागमनका कर्मचारीहरूले कोड भाषामा ‘एल’ भन्छन् ।

पुरुषलाई ‘एस’ कोडवर्ड प्रयोग गरेर रकम असुल्ने गरिएको विमानस्थलका कर्मचारीहरू बताउँछन् । पर्यटक भिसामा बिचौलियाहरूले त्रिभुवन विमानस्थलबाट युएई र त्यहाँबाट कुवेत पठाउने गरेका छन् ।

कुवेत पुगेका महिलाहरू त्यहाँ घरेलु कामदारको रूपमा बस्ने र थप पीडित भएर फर्किने गरेको प्रहरीले यसअघि गरेको अनुसन्धानबाट खुलेको थियो । बिचौलियाहरूसँग मिलेर अध्यागमनका कर्मचारीले खाडीमा जानेहरूबाट एक जना महिलासँग कम्तीमा ४० हजार र पुरुषसँग २० हजार असुल्ने गरेको आरोप छ ।

३ दिनअघि अख्तियारमा परेको उजुरीमा ट्राभल एजेन्सी र मेनपावर कम्पनीहरूसमेत मिलेर दैनिक ३० देखी ४० लाख असुल्ने गरेको उल्लेख थियो । उजुरीमा भनिएको थियो, ‘दिनहुँ ४० लाखसम्म असुलेर लुट मच्चाउने काम भइरहेको छ ।’

आयोगमा परेको उजुरीमा प्रतिव्यक्ति ३० हजारदेखि ४० लाख असुल्ने गरेको उल्लेख छ । सो उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान गरेर सहसचिव भट्टराईलाई नियन्त्रणमा लिइएको अख्तियारका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप