मुलुकको हितका लागि छलफल गर्न छुट्टै फोरम बनाउन आवश्यक : सभापति लामिछाने
बुधबार, १५ कात्तिक २०८०, १८ : २५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीगत फोरमहरुमा मात्रै नभएर मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको बताएका छन् ।
बुधबार नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । उनले विभिन्न चाडपर्वहरुको अवसरमा आयोजन हुने चियापान कार्यक्रमले पार्टीहरुबीच सद्भाव बढाउन मद्दत गर्ने बताए ।
उनले सबै राजनीतिक दलहरुको राष्ट्रिय हितमा छलफल हुने फोरमहरु बन्नुपर्ने आवश्यकता रहेको बताए । उनले सबै पार्टीका साझा मुद्दाहरु एउटै भएकाले सबैले देशको समृद्धि चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण